गण्डकी विकास बैंकको कञ्चन र अमुवामा शाखा

मंगलवार, माघ २३, २०७४ साल,
काठमाडौं । गण्डकी विकास बैक लिमिटेडको रुपन्देहीस्थित कञ्चन शाखा र पश्चिम अमुवा शाखाको एकै दिन औपचारिक उद्घाटन भयो । कञ्चन शाखाको उद्घाटन कञ्चन गाउँपालिकाका प्रमुख  गोकर्णबहादुर क्षेत्रीले गरे भने पश्चिम अमुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गरे ।

प्रमुख अतिथिको मन्तब्य राख्दै कञ्चन गाउँपालिकाका प्रमुख क्षेत्रीले गण्डकी विकास बैंक एक सबल र सक्षम विकास बैंक भएको र यसका शाखा सञ्जाल देशव्यापी रुपमा भएकोले यस क्षेत्रका जनताले पनि बैंकले प्रदान गर्ने वित्तीय सेवा सुविधाबाट लाभ लिने बताउदैं बैंकको सफलताको शुभकामना दिए ।

बैंकका अध्यक्ष जगनबहादुर गुरुङले गण्डकी विकास बैंक नेपालकै एक उत्कृष्ट बैंक भएकोले यसले दिने सेवा सुविधा पनि ग्राहकमुखी र उत्कृष्ट हुने विचार व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले बैंकका सेवालाई विविधकरण र विशिष्टीकरण गर्दै लैजाने भन्दै बैंकको वर्तमान अवस्था र भावी कार्यकक्रमको बारेमा प्रकाश पारे ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411