३० करोड ७८ लाखको शेयर कारोबार हुदाँ नेप्से १४०० विन्दुमा

सोमबार, माघ २२, २०७४ साल,
काठमाडौं । सोमवार नेप्से परिसूचक १ हजार ४ सय दशमलव शून्य ५ विन्दुमा पुगेको छ । शेयर बजार शुरु भएको आधा घण्टासम्म केही अङ्क उकालो लागेको बजार त्यसपछि भने सुस्ताएको थियो । यस दिन परिसूचक अन्त्यमा १० दशमलव ४६ अङ्क अर्थात् शून्य दशमलव ७४ प्रतिशत घटेको हो ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय ५४ कम्पनीको ३ हजार ८ सय ९८ पटकको व्यापारमा रू ३० करोड ७८ लाख बराबरको शेयर कारोबार भएको हो ।

जलविद्युत समूहको परिसूचक १ दशमलव ६६, बीमाको १ दशमलव १८ र लघुवित्तको १ दशमलव शून्य ३ प्रतिशत घटेको छ । त्यस्तै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ९८, विकास बैङ्कको शून्य दशमलव ८९, बैङ्किङ समूहको शून्य दशमलव ५८ र ‘अन्य’ समूहको शून्य दशमलव ४६ प्रतिशत घटेको छ । साथै, होटल समूहको परिसूचक शून्य दशमलव ३८, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ५ र व्यापारको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411