नेप्से एक अंकले घट्दा ४६ करोडको सेयर किनबेच

आईतवार, माघ २१, २०७४ साल,
काठमाडौं । सेयर बजारमा ४६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम यस दिन करिब ५ करोड बढी हो। यसअघि बिहीबार ४१ करोड ७० लाखको कारोबार भएको थियो। परिसूचक नेप्से भने एक अंकले घटेर १४१० मा कायम भएको छ।

समग्र परिसूचक घट्दा बैंक, अन्य र विकाश बैंक उपसूचक बढेका छन्। बैंकिङ २, अन्य ०। ६ र विकाश बैंक ४ अंकले बढेका छन्।

व्यापार ०।८, होटल ३२, जलविद्युत १४, वित्तीय संस्था ५, बिमा ३५, उत्पादन १५ र माइक्रोफाइनान्स ३ अंकले घटेका छन्।

कारोबारको आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। कम्पनीको ७ करोड १९ लाखको कारोबार हुँदा मुल्य प्रति कित्ता ३६५ कायम भएको छ।

कुमारी बैंकको दुई करोड ९७ लाखको कारोबार हुँदा प्रति शेयर मूल्य २७५ कायम भएको छ। नविल बैंक र सानिमा माइ हाइड्रोपावर कम्पनी पनि कारोबार रकमका आधारमा अगाडि रहे।

साल्ट ट्रेडिङको शेयर मूल्य ५ प्रतिशतले बढेको छ। समता माइक्रोफाइनान्स र देव बिकास बैंक पनि कमाउनेमा अगाडि रहेका छन्। जानकी फाइनान्सका लगानीकर्ताले ६ प्रतिशत र बुटवल पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन्।

एफपिओ खुलिरहेको बुटवल पावरको मूल्य केही दिनयता घटिरहेको छ। कम्पनीको एफपिओ समेत तोकिएको समयभित्र बिक्री नभएपछि आइतबारसम्मका लागि म्याद थपिएको थियो।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411