एभरेष्ट इन्स्योरेन्सका हालकायम सेयरधनीले थप ५१ प्रतिशत संस्थापक हकप्रद सेयर पाउने
आईतवार, माघ २१, २०७४ साल,

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर मात्रै हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ ।
कम्पनीको माघ १८ गतेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यो निर्णयले कम्पनीले यसअघि प्रस्ताव गरेको हकप्रदको अनुपात फरक पर्ने देखिएको छ ।
एभरेष्ट इन्स्योरेन्सले बीमा समितिले दिएको निर्देशन बमोजिम ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर हकप्रद शेयर जारी गर्ने निर्णय गरेको जनाएको छ ।
बीमा समितिले इन्स्योरेन्सलाई गत पुस २८ गते संस्थापक शेयर ५१ प्रतिशत कायम गर्न निर्देशन दिँदै पत्रचार गरेको थियो ।
कम्पनीको बैठकले बीमा समितिले दिएको निर्देशन बमोजिम ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर गत बर्षको बार्षिक साधारणसभाले पारित गरेको ६ सय प्रतिशत हकप्रद परिमार्जन गरी बीमा समितिले तोकको चुक्ता पूँजी पुग्नेगरी आवश्यक हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले यी प्रस्तावहरु आगामी साधारणसभा लग्ने नेप्सेलाई जानकारी गराएको छ ।