नेपाल इन्स्योरेन्सले एनसीसी बैंकको संस्थापक ४ लाख ३३ हजार ४२ कित्ता शेयर शेयर लिलामद्वारा विक्री गर्ने

शुक्रबार, माघ १९, २०७४ साल,
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. को संस्थापक तर्फको ४ लाख ३३ हजार ४२ कित्ता शेयर लिलामद्वारा विक्री गर्न लागेको छ ।

कम्पनीको उक्त शेयरको लागि माघ २१ गतेदेखि २८ गतेसम्म बोलकबोलमा आवेदन दिन सकिन्छ । कम्पनीले न्युनतम मुल्य रू १ सय ७० तोकेको हुँदा सो भन्दा बढीको लागि आवेदन दिनूपर्ने छ ।

उक्त शेयरमा न्युनतम १ सय कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्राप्त बोलपत्र माघ २९ गते कम्पनीले खोलने सूचना दिएको छ ।

कम्पनीको विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411