​साताको पहिलो दिन नेप्से ५.८४ अङ्कले घट्यो, कारोबार १० करोड ३ लाख रुपैया

आईतवार, चैत्र २२, २०७१ साल,
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ५ दशमलव ८४ अङ्क घटेको छ । सो दिन अघिल्लो व्यापार दिनको बन्द विन्दुभन्दा केही अङ्क तल ९ सय ३९ दशमलव ९४ अङ्कबाट बजार खुलेको हो । 

बजार खुलेको केही समयदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक ९ सय ३३ दशमलव २२ अङ्क सम्म ओर्लिएको थियो । त्यसपछि बिस्तारै बाटो परिवर्तन गरी उकालो लाग्न थालेको नेप्से परिसूचक ९ सय ३४ दशमलव २५ अङ्क सम्म पुगेको छ । सो दिन ट्रेडिङ् बाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । 

आइतवार नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू ५ ले घटेपछि ‘अन्य’ समूहको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ८५ प्रतिशतले घट्यो । त्यसैगरी, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ८, बीमा शून्य दशमलव ५, होटेल शून्य दशमलव ४७, विकास बैङ्क शून्य दशमलव ४, जलविद्युत् शून्य दशमलव २४ र वित्त कम्पनी शून्य दशमलव १४ प्रतिशतले घट्यो । सो दिन बिशाल बजारको शेयरमूल्य रू। ३९ ले बढेपछि ट्रेडिङ समूहको परिसूचक १ दशमलव ७ प्रतिशतले बढेको छ । 

आइतवार नेप्सेमा १ हजार ८९ व्यापारबाट १ सय १३ कम्पनीको ५ लाख ८९ हजार कित्ता शेयर खरीदविक्री भयो । जसबाट रू १० करोड ३ लाखको रकम परिचालन भयो भने रू ९ खर्ब ५८ अर्बको कुल बजार पूँजीकरण भयो । सो दिन चिलिमे हाईड्रोपावरको सर्वाधिक रू १ करोड १७ लाख बराबरको शेयर खरीदविक्री भयो । आइतवार लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ३ दशमलव ५४ प्रतिशतले बढ्यो । त्यसैगरी, जनता बैङ्कको शेयरमूल्य सबैभन्दा बढी ५ दशमलव ६५ प्रतिशतले घट्यो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411