फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शुक्रबार, माघ १९, २०७४ साल,

काठमाडौं । नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको विहीबार सम्पन्न बैठकले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य पाँच रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

बढाइएको नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको लागि ८३ रूपैयाँ खर्चिनु पर्नेछ ।

बढेको मूल्यमा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर २.०१ रूपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३.३७ रूपैयाँ नोक्सानी रहेको निगमको भनाई छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411