
काठमाडौं । सेयर बजार आज ७.०३ अंकले बढेर नेप्से परिसुचक १४११.५२ अंकमा पुगेको छ । आज १ सय ५७ कम्पनीको ११ लाख ५६ हजार ३ सय ६० कित्ता शेयर ४१ करोड ७० लाख ९८ हजार ६ सय ४३ मा कारोबार भएको छ ।
आज कारोबार भएका उप समुहहरुमा हाइड्रोपावर वाहेक सवै उप समुहमा वृद्धि भएको छ सवैभन्दा धेरै विमा उप समुहका लगानीकर्ताले कमाएका छन् । हाइड्रो पावर १.४९ अंकले घटेको छ । बैंकिङ ६.०३ अंकले, व्यापार १.६९ अंकले, होटल्स् ५.४७ अंकले, डेभ्लपप्मेन्ट बैंक ८.३२ अंकले, फाइनान्स ०.६५ अंकले इन्स्योरेन्स १६.०४ अंकले, उत्पादन ५.३६ अंकले, अन्य ९.८८ अंकले र माइक्रोफाइनान्स १२.४१ अंकले बढेका छन ।
आज कारोबार रकमका आधारमा सबैभन्दा अगाडी नेपाल बैंक रहेको छ । जसको ४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर संख्याको आधारमा अगाडी लक्ष्मी बैंक रहेको छ । उसको १ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबार भएका कम्पनीहरुमा सबैभन्दा बढि कमाउनेमा प्रोगेशिभ फाइनान्सका लगानीकर्ता रहेका छन भने युनाइटेड फाइनान्सका लगानीकर्ता धरै गुमाएका छन् ।