प्रिमियर इन्स्योरेन्सको एफपीओ बाँडफाँड, कतिलाई पर्यो ?

बिहीवार, माघ १८, २०७४ साल,

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले निष्कासन गरेको ६ लाख ५९ हजार कित्ता एफपीओको बाँडफाँड भएको छ ।

एनएमबी क्यापिटलले बिहीबार प्रिमियरको एफपीओ गोलाप्रथाद्वारा बाँडफाड गरेको हो । एफपीओमा जम्मा १ लाख ८९ हजार ३ सय २१ जनाले आवेदन दिएकोमा १ लाख ८६ हजार ४ सय ७२ आवेदनलाई वैध मानी बाँडफाँड गरिएको हो । आवेदन दिएका मध्ये ५६ हजार ९ सय ५१ जनाले १० कित्ता ५ जनाले ११ कित्ता एफपीओ पाएको छ ।

३७ लाख ८७ हजार एक सय ८० कित्ता एफपीओका लागि आवेदन परेको थियो । २ हजार ८ सय ४६ जनाको आवेदन भने रित नपुगेका कारण रद्द गरिएको एनएमबी क्यापीटलले जनाएको छ ।

प्रिमियर इन्स्योरेन्सले निष्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा १ लाख ८३ हजार ८ सय ४६ वटा आवेदन परेका थिए । कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओका लागि ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।

इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले एफपीओ बिक्री गरेको हो ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411