इ-सेवाका सेवाग्राही ६० लाख पुगे, कम्पनी नवौँ वर्षमा

बिहीवार, माघ ११, २०७४ साल,
काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इ-सेवा फोन पे प्रा लि’ नवौँ वर्षमा प्रवेश गरेको छ ।

२००९ को अन्त्यमा बेटा भर्जज रिलिज गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवा सुरु गरेको इ-सेवा नवौं वर्षमा प्रवेश गरेको हो । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा हाल देशभर विस्तार भइसकेको छ ।

नौ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका छन् । हाल इ-सेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट (इ-सेवा जोन तथा पोइन्ट) रहेका छन् ।

इ-सेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ भने इ-सेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढी  रहेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढिले इ-सेवाका सेवा लिइरहेका छन् ।

इ-सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इ-सेवामा हाल ४४ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ-सेवामा रकम जम्मा गर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411