१० अंकले बढ्यो नेप्से, २८ करोडको कारोबार

बिहीवार, माघ ११, २०७४ साल,
काठमाडौं । नेपाल स्टक एक्सेन्ज ९.८ अंकले बढेको छ । बिहीबार नेप्से १४०४.५३ विन्दुमा अडेको हो ।

नेप्सेका अनुसार आज १ सय ५९ कम्पनीका ६ लाख ६२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । २८ करोड २२ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ८.६१, ट्रेडिङ समूह ८.२८, होटल समूह २७.३५, जलविद्युत समूह ६.४१, वित्तिय समूह १.६१, बीमा समूह ८९.०२, उत्पादन मूलक समूह ३०.४५ र माइक्रोफाइनान्स २२.४३ अंकले बढेका छन् ।

विकास बैंक समूह ३.०६ र अन्य समूह १.४५ अंकले घटेका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ५.१९ प्रतिशतले कमाएका छन् ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२० प्रतिशतले गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411