मुक्तिनाथ विकास बैंकको ६ महिनाको नाफा २६ करोड ४३ लाख रुपैयाँ

बुद्धबार, माघ १०, २०७४ साल,
काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दास्रोे त्रैमाससम्ममा २६ करोड ४३ लाख खुद मुनाफा गरेकोे छ । गत आर्थिक वर्षको सोही अवधिभन्दा १८.४४ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी २१.७ प्रतिशत तथा सञ्चालन मुनाफा २१.२२ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा २१ अर्ब ७३ करोड निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ । गतबर्षको यही अवधिको तुलनामा बैंकको निक्षेप ४९.०८ प्रतिशत तथा कर्जा ४७.६६ प्रतिशतले बढेको छ । बैंकको सिडी रेशियो ७८ प्रतिशत छ ।

बैंकको कोषको लागत ५.६२ प्रतिशत रहेकोमा कस्ट अफ फण्ड ८.३० प्रतिशत पुगेको छ । जसको आधार दर ११.९८ प्रतिशत छ । बैंकको निष्क्रिय कर्जा ०.०१ प्रतिशत रहेको छ । बैंकले यसअवधिमा प्रोभिजनमा ४ करोड २९ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४० पैसा, मूल्य आम्दानी अनुपात २०.५९ गुणा, तरलता अनुपात २६.२२ प्रतिशत तथा प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ २५ पैसा छ ।

बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड रहेको छ भने जगेडा कोष ६४ करोड १४ लाख छ । बैंकले ४० प्रतिशत हकप्रद तथा २० प्रतिशत बोनस बाडेर पूँजी बढाएको हो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411