काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सि-आश्वा प्रणाली पूर्ण रुपमा कार्यन्वयनमा ल्याएको छ ।
यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ ।
सिडिएसले सार्वजनिक सूचना प्रकाशित गर्दे आजैका मितिबाट पूर्ण रुपमा सि आश्वा प्रणाली लागु गरिएको जनाएको छ ।
सिडिएससिले सम्पुर्ण बैंक तथा वित्तीय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्री प्रबन्धक, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराएको छ ।
सि-आस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन ।
हालसम्म सि-आस्वा प्रणालीमा २५ वटा बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । सिडिएसले सदस्यता नलिएका बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।
त्यस्तै सिडिएसले लगानीकर्तालाई पनि आफ्नो बैंक खाता रहेको बैंक मार्फत सि-आस्वामा दर्ताभई सि-आस्वा रजिष्ट्रेशन नम्बर लिन आग्रह समेत गरेको छ ।