नेप्से परिसूचक झर्यो १४०० मुनी, कारोबार रकममा पनि कमी

मंगलवार, माघ ९, २०७४ साल,

काठमाडौं । मंगलबार नेप्से परिसूचक ९.०५ अंकले घटेर १३९३.०४ अंकमा झरेको छ । यसदिन १६५ कम्पनीको ८ लाख २८ हजार कित्ता सेयर ३२ करोड २६ लाख रुपैयाँ बराबरमा कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा चार करोड कमी आएको छ।

 उपसूचक मिस्रित देखिएका छन्। बैंक ६.६७, ट्रेडिङ ०.५, होटल ३७.२९, विकास बैंक ३.४५, जलाबिद्युत २९.४८, फाइनान्स ३.८३, बीमा ८७.६५, अन्य ०.३६ र लघुबित्त ९.२१ अंकले घटेका छन्। उत्पादनमुलक समुहमा कुनै कारोबार भएन।

यसदिन  कारोबारमा आएको सबै समूहको परिसूचक घटेको छ । सानिमा माई हाइड्रोको सबैभन्दा बढी २ करोड ९२ लाख रुपैयाँको सेयर खरिदविक्री भयो । युनिलिभरको पनि दुई करोड बढीको कारोबार भएको छ ।

फर्स्ट माइक्रोफाइनान्स र वल्र्ड मर्चेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै पाँच प्रतिशतका दरले कमाए । त्यस्तै सबैभन्दा धेरै गुमाउने कालिका क्रेडिट माइक्रो र एभरेष्ट इन्स्योरेन्सले पनि पाँच प्रतिशतकै दरले गुमाएका छन् । बजार घटेसँगै लगानीकर्ताको सम्पत्ती मापन गर्ने समग्र बजार पूँजीकरण १६ खर्ब  २८ अर्ब रूपैयाँमा समेटीएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411