लुम्बिनी विकास बैंकको ६ महिनाको नाफा १४ करोड ३७ लाख

मंगलवार, माघ ९, २०७४ साल,
काठमाडौं । लुम्बिनी विकास बैंकले दोस्रो त्रैमाससम्मा आफ्नो खुद नाफा २८ प्रतिशतले बढाएर १४ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ । बैंकको गत बर्षको दोस्रो त्रैमासको खुद नाफा ११ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

बैंकले १९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन तथा १७ अर्ब २५ करोड रुपैयाँ कर्जा परिचालनबाट ३२ करोड ४९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको निक्षेप संकलन २४.६७, कर्जा विस्तार ३०.५५ र खुद व्याज आम्दानीमा ११.१८ प्रतिशतको वृद्धि देखिएको छ ।

पुससम्म बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३२ पैसा र निष्कृय कर्जा अनुपात साढे २ प्रतिशत रहेको छ । बैंकको कोषका लागत २.९५ प्रतिशतले बढेर ८.७९ प्रतिशतमा बढेको छ ।

 बैंकको आधार ब्याजदर १२.३६ प्रतिशत रहेकोमा कर्जा निक्षेप अनुपात ७७ प्रतिशतरहेको छ । त्यस्तै मुल्य आम्दानी अनुपात ११.६७ गुणा र प्रतिसेयर नेटवथवर्थ १५० रुपैयाँ छ ।

दुई अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ सञ्चित रहेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411