ग्लोबल आइएमइ बैंकको कार्यालय बेलायतमा

सोमबार, माघ ८, २०७४ साल,
काठमाडौं। ग्लोबल आइएमइ बैंकले बेलायतको एल्डरसर्टमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिबी नेपालले गरेका छन्। बैंकले बेलायतमा प्रतिनिधी कार्यालय खोलेपछि नेपाल तथ बेलायतमा व्यवसायीहरुविच व्यापारिक एवं लगानी सम्वन्धी प्रवध्र्दनात्मक कार्यमा समेत सघाउने विज्ञप्तिमा उल्लेख छ।

काम तथा पढाईको सिलसिलामा बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपालसँगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुने बैंकले जनाएको छ।
 
यसअघि  बैंकले अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा कार्यालय खोलिसकेको छ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411