अब शेयर खरिद विक्री गर्न तीन पुस्ते चाहिने : धितोपत्र बोर्ड

सोमबार, माघ ८, २०७४ साल,
काठमाडाौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण (केवाईसी) भर्नुपर्ने व्यवस्थालाई परिमार्जित गरेको छ ।

बोर्डले यसअघि धितोपत्र कारोबार गर्दा सीमित सिमित रुपमा मात्र ग्राहक विवरण (केवाईसी) भर्नुपर्ने व्यवस्था व्यवस्था रहेकोमा अबदेखि ग्राहकको परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, ग्राहकको वसोवास गर्ने स्थानको नक्शा पनि पेश गर्नुपर्ने भएको छ ।

त्यस्तै बोर्डका अनुसार इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भएन भएको विवरण साथै धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको उद्घोषण समेत हुनुपर्ने बोर्डले जनाएको छ ।

कम्पनी र संस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी र संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिनपुस्ते विवरण जस्ता थप विवरणहरु समावेश गरिएको छ ।

धितोपत्रको कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन र र धितोपत्र सम्वन्धी ऐननियम तथा सम्पत्ती शुद्धिकरण सम्वन्धी प्रचलित कानुनहरुको व्यवस्थाहरुलाई अझ प्रभावकारीढंगले कार्यान्वयन गर्न उक्त व्यवस्थामा परिमार्जन गरेको बोर्डले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411