सामुदायिक लघुवित्तको ३ लाख कित्ता आइपिओ निश्कासन स्थगन

सोमबार, माघ ८, २०७४ साल,
काठमाडौं । भोलिदेखि निश्कासन हुने भनिएको सामुदायिक लघुवित्तको आइपिओ स्थगित भएको छ।

बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गले धितोपत्र बोर्डबाट पत्र आएकाले तत्कालका लागि स्थगन गरिएको जनाएको छ। बोर्डले अर्को पत्र पठाएपछि मात्रै निश्कासनको सूचना जारी गरिने उसले जनाएको छ।

कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकमा कैफियत भेटिएकाले निष्कासनमा रोक लगाइएको एक अधिकारीले जानकारी दिए । कम्पनीले ९ गतेदेखि कुल ३ लाख कित्ता आइपिओ निश्कासन गर्ने तयारी गरेको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411