कोका-कोला मोःमोत्सवमा उपभोक्तालाई मःम र कोक चखाउँदै वर्षा

सोमबार, माघ ८, २०७४ साल,
काठमाडौं । कोका-कोला मोःमोत्सवमा मःम र कोका-कोलाको कम्बो अनुभब उपभोक्ताहरुलाई गराउनका लागि चर्चित मोडल तथा नायिका बर्षा सिवाकोटीले बिभिन्न आउटलेटहरुमा गएर यो उत्सव सेलिब्रट गरिरहेकमी छिन् । उनी आफ्ना फ्यानहरुसाग रमाइलो गर्दै यो उत्सव सेलिब्रेट गरिरहेकी हुन् ।

उनले भने ‘म आज तपाईहरुसँग हुँदा निकै खुसि भएकी छु । काठमाडौंका रेष्टुरेन्टहरुमा मलाई मनपर्ने मःम र कोका-कोला खाादै तपाईहरुसाग रमाइलो गर्न पाएा । मलाई तपाईहरुको साथले यो उत्सवमा निकै रोमाञ्चित बनाएको छ । यो महोत्सवमा सहभागी सबैले साथ दिनु भएकोमा खुशी ब्यक्त गर्न चाहन्छु ‘ बर्षाको यो अभियान जारी रहने तथा उपभोक्तहरुले बर्षा सँग मःमका बिभिन्न परिकारसाग कोका-कोलाको मज्जा अझै लिन सक्ने र आफ्नो मनपर्ने सेलिब्रटीसँग रमाउन पाउने कम्पनीले जनाएको छ ।

यस अबसरमा कोका कोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भन्नुभयो ‘खाना जे भएपनि कोक( कोला विश्वभर सबै खानसँग खान मिल्ने प्राथमिक पेयपदार्थ हो । हामीलाई आशा छ हाम्रो यस अभियानमा उपभोक्ताले मःमसाग कोक खादैं रमाउनेछन् । हामी आशा गर्छौ यो अभियानले हजारौ उपभोक्ताको अनुहारमा बर्षा सिवाकोटीको जस्तै खुसि ल्याउने छ ।’

यस अभियान अन्र्तगत उपभोक्ताले देशभरीका विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने छन् । उक्त आउटलेटका नाम थाहा पाउन राष्ट्रिय दैनिक पत्रिका र आउटलेट बाहिर राखिने व्यानरहरु हेर्नुपर्ने छ ।

विभिन्न आउटलेटहरुमा के के कार्यक्रम हुादैछ र सरप्राइज प्याकेज के(के आउादै छन् भनि थाहा पाहुनकोलागि कोका-कोला नेपालको आधिकारिक फेसबुक पेज फलो गर्न आग्रह गरिएको छ । यसका साथ ग्राहकहरुले कोका(कोला नेपालको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ ।

मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411