तीन अंकले झरेको बजारमा ५० करोड सेयर कारोबार

आईतवार, माघ ७, २०७४ साल,
काठमाडौं । सेयर बजारको परिसूचक तीन अंकले झरेपनि कारोबार भने बढेको छ। यसअघि खुलेको बजारमा ४० करोडको कारोबार भएकोमा आज ५० करोड पुगेको छ।

आज व्यापार २, होटल २५, फाइनान्स २, उत्पादन ३० र अन्य समूह १ अंकमा उक्लिएका छन्। बैंकिङ २, विकास बैंक ५, जलविद्युत ७, बीमा ७५ र माइक्रोफाइनान्स उपसूचक १२ अंकले घटे।

कारोबारका आधारमा ग्लोबल आइएमई ९संस्थापक० बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ३४ लाखको कारोबार हुँदा सानिमा माइ हाइड्रोको ५ करोड ६४ लाखको कारोबार भयो।

नाफा कमाउने आधारमा साना किसान विकास बैंकका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीको मूल्य २.६ प्रतिशतले बढेको छ। ग्लोबल आइएमई बैंक संस्थापकतर्फको मूल्य २.२ प्रतिशतले बढेको छ।

गुमाउनेमा सिटिजन्स बैंकका संस्थापक सेयरधनी अग्रस्थानमा रहे। सो कम्पनीको संस्थापक मूल्य ६.२ प्रतिशतले घटेको छ। नेको इन्स्योरेन्स, आरएसडिसी लघुवित्त, कन्काई विकास बैंक तथा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ प्रतिशत बढी गुमाए।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411