बुटवल पावरको ४० लाख ८१ हजार कित्ता एफपिओ १५ गतेबाट, १० कित्ता पनि आवेदन दिन पाइने

आईतवार, माघ ७, २०७४ साल,
काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेडले माघ १५ गतेबाट अतिरिक्त साधारण शेयर (एफपिओ) जारि गर्ने भएको छ।

कम्पनीको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर जारि गर्ने छ। कम्तिमा १० कित्ता र अधिकतम २० हजार ४०० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका शेयरमा ४०१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ५०१ रुपैयाँका दरले एफपिओ जारि गर्न लागेको हो।
 
अहिले कम्पनीको शेयर पूँजी एक अर्ब ८१ करोड रुपैयाँ छ। प्रिमियमसहित बैंकले दुई अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबर उठाउने छ। यसमध्ये ४० करोड ८१ लाख रुपैयाँ पूँजीमा जाने छ भने बाँकी एक अर्ब ६३ करोड ६४ लाख ८१ हजार रुपैयाँ जगेडा कोषमा बस्ने छ।
 
कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड र सह बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411