शिवम् सिमेन्टले ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने

शुक्रबार, माघ ५, २०७४ साल,
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने प्रस्ताव यही माघ २१ हुने विशेष साधारणसभामा लैजाने भएको छ ।

कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । गत पुृस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

शिवमले हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र उक्त पूँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानियबासिन्दाका लागि समेत निष्कासन गर्ने भएको हो ।

शिवमले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हुनेछ । अर्घाखाँची सिमेन्ट लगायतका अन्य केही सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411