राष्ट्र बैंकले १० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै

बिहीवार, माघ ४, २०७४ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता सहज गर्न शुक्रबार दश अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा बजारमा पठाउने भएको छ।

राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर प्रत्येक्ष बोलकबोलमार्फत उक्त रकम बैंकिंग प्रणालीमा पठाउन लागेको हो ।

चालु आर्थिक वर्षमा विभिन्न चार चरणमा गरेर राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत २५ अर्ब २७ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइसकेको छ।

राजश्व संकलन गर्दा पुस मसान्तमा बैंकिङ प्रणालीको ९० अर्ब बढी रकम सरकारी खातामा गएपछि राष्ट्र बैंकले १० अर्ब प्रवाह गर्न लागेको हो।

अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411