ग्लोबल आइएमई बैंकको बुर्तिवाङ्ग शाखाको औपचारीक उद्घाटन

आईतवार, पौष ३०, २०७४ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नं.२ का संसद देवेन्द्र पौडेलले संयुक्त रुपमा गरे । सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरेका थिए ।

बैंकका अध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिएका थिए । उनले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411