आइएमई लाइफको ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित

बिहीवार, पौष २७, २०७४ साल,
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पहिलो बार्षिक साधारण सभाले सर्वसाधरण लगानीकर्तालाई ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने भएको हो ।

२ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

१ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित गत भदौ १ गतेदेखि सञ्चालनमा आएको थियो । आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ ।

उक्त वार्षिक साधारण सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा रामहरि अर्याल, इश्वर कुमार कार्की, दिप चन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनी कुमार ठाकुरलाई निर्वाचित गरेको छ ।

त्यसपश्चात बसेको संचालक समितिको वैठकले डा रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411