ग्लोबल आइएमई र रिलायबल क्यापिटलले माघ १ गतेबाट एकीकृत कारोवार थाल्ने

मंगलवार, पौष २५, २०७४ साल,
काठमाडौं । ग्लोबल आइएमर्इ क्यापिटलले रिलायबल क्यापिटललाई प्राप्ति गरेर माघ १ गतेदेखि एकीकृत कारोबार थाल्ने भएको छ ।  

ग्लोबल आइएमर्इ बैंकले रिलायबल डेभलपमेन्ट बैंकलार्इ प्राप्ती गरेर एकीकृत कारोबार थालेसँगै सहायक कम्पनीहरूले पनि एकीकृत कारोबार थाल्ने भएका हुन् ।

ग्लोबल क्यापिटलको असोज २७ गते सम्पन्न १० औ बार्षिक साधारण सभाले रिलायबल क्यापिटललाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो ।

ग्लोबल क्यापिटललार्इ रिलायबल क्यापिटललाई प्राप्ति गर्ने अन्तिम स्वीकृति नेपाल धितोपत्र बोर्डले दिइसकेको छ । स्वीकृति पाएसँगै यी दुई कम्पनी एक हुने भएका हुन् ।  एकीकृत कम्पनीको कारोबार ग्लोबल आइएमई क्यापिटलको नामबाट हुनेछ ।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनीको रूपमा ग्लोबल आइएमई क्यापिटल र  रिलायबल डेभलपमेन्ट बैंक सहायक कम्पनीको रूपमा रिलायबल क्यापिटलले  मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दे आएका थिए ।  

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411