नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्क बढ्यो

बिहीवार, चैत्र १९, २०७१ साल,
काठमाडौं । विहीबार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्क  बढेको छ । सो दिन अघिल्लो दिनको बन्द विन्दु भन्दा करीब ३ अङ्क माथीबाट शूरु भएको नेप्से परिसूचक  केही उतारचढाव सगैं बढेर ९ सय ४० दशमलव शून्य ९ अङ्क पुगेको हो । व्यापार अवधिमा बैङ्किङ, वित्त कम्पनी र वीमा समूह बाहेक सबै समूहको परिसूचक घटेपनि समग्र नेप्से परिसूचक भने उकालो लागेको हो । 

सो दिन बैङ्किङ समूहको परिसूचक शून्य दशलमव ५७ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त कम्पनीको शून्य दशमलव ११ र वीमा समूहको शून्य दशमलव शून्य १ प्रतिशतले बढेको हो । व्यापार र होटेल समूहको परिसूचक १ दशमलव ७२ प्रतिशतले घटेको छ । ‘अन्य’ समूहको १ दशमलव ६७ प्रतिशतले बढेको छ । जलविद्युतको शून्य दशलमव ३५ र विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको छ । 

विहीबार १ हजार ३ सय ४१ व्यापारबाट १ सय ३१ कम्पनीको ३ लाख ९४ हजार ५ सय ५८ कित्ता शेयर किनबेच भयो । जसबाट रू १४ करोड १४ लाख रकम परिचालन भयोे भने रू ९ खर्ब ६४ अर्बको कुल बजार पूँजीकरण भयो । सो दिन जानकी फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले बढ्यो । त्यस्तै, एनआइडीसी क्यापिटल मार्केटसको शेयरमूल्य ५ दशमलब ७२ प्रतिशतले घट्यो । प्रभु बैङ्कको रू २ करोड ७३ लाख बराबरको शेयर खरीद विक्री भयो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411