गर्भनरद्वारा ग्लोबल आइएमईको कर्पोरेट रजिष्टार्ड कार्यालयको उद्घाटन

मंगलवार, पौष १८, २०७४ साल,
काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्पोरेट/रजिष्टार्ड कार्यालयको स्थापना गरेको छ । बैंकको ११ औं वार्षिकोत्सवको अवसरमा नवनिर्मित कार्यालयकोे उद्घाटन गर्भनर डा चिरन्जिवी नेपालले गरेका हुन् ।

सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट/रजिष्टार्ड  कार्यालय स्थापना गर्न सफल भएको हो ।

नवनिर्मित कार्यालयको उद्घाटन समारोहमा बोल्दै गर्भनर नेपालले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा कर्पोरेट/रजिष्टार्ड कार्यालय खोल्न सफल भएकोमा बैंकलाई बधाई ज्ञापन गरे ।

सोही कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापनाको ११ वर्ष भित्रमा नै बैंकले प्राप्त गरेका बिभिन्न सफलताहरुको श्रेय सम्पूर्ण ग्राहक, शेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरुलाई दिंदै आगामी दिनमा अझ उत्कृष्ठ सेवा प्रदान गर्दै जाने प्रण ब्यक्त गरे ।

साथै नवनिर्मित कर्पोरेटररजिष्टार्ड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवासँगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411