कृषि विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनश सेयर दिने, पूँजी साढे ८ अर्ब पुग्ने

मंगलवार, पौष १८, २०७४ साल,
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको ६७३ औं बैठकले साधारण सेयरको २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै बैंकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश र कृषि विकास बैंकमा रहेको सरकारको अग्राधिकार पूँजी ५ अर्ब ४३ करोड २७ लाख रूपैयाँको ६ प्रतिशत बराबरको तीन करोड २५ लाख ९६ हजार रुपैयाँ नगद लाभांश समेत सरकारलार्इ प्रदान गर्ने निर्णय गरेको छ ।

हाल बैंकको साधारण सेयर ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411