ओम डेभलपेमन्ट बैंकले १७ प्रतिशत बोनस प्रस्ताव गर्यो, पूजि २ अर्ब ५० करोड पुग्ने

सोमबार, पौष १७, २०७४ साल,
काठमाडौं । ओम डेभलपेमन्ट बैंकले चुक्ता पूँजीको १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख बराबरको बोनस बाडेपछि बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोके अनुसार दुई अर्ब ५० करोड पुग्ने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब १३ करोड ७१ लख २८ हजार छ । मनास्लुलाई गाभेको बैंकले ३० प्रतिशत हकप्रद बिक्री गरेको चुक्तापूँजी बढाएको हो ।

मनास्लु विकास बैंकलाई गाभेपछि ३० प्रतिशत हकप्रद बिक्री गरेको ओम डेभलपेमन्ट बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुग्नेगरी लाभांस प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १७.६९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

तर बैंकले बोनस वापतको कर तिर्ने झन्झट भने सेयरधनीलाई नै दिने भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411