बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अम्बाथानदेखि ग्याल्थुमसम्मको सुरुङ छिचोलियो, अब ४४३ मिटर मात्र खन्न बाँकी

आईतवार, पौष १६, २०७४ साल,
सिन्धुपाल्चोक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ शनिबार छिचोलिएको ९ब्रेकथ्रु भएको० छ ।

मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८।२ किमी सुरुङ आज छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमीको सुरुङ छिचोलिएको थियो ।

ग्याल्थुम–सिन्धु खण्डको करिब १० किमी सुरुङमध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए। अब साढे दुई महिनामा यो सुरुङ खण्ड पनि छिचोलिने उनको प्रतिबद्धता छ।

ग्याल्थुम–अम्बाथान सुरुङको बीचमा खानेपानी तथा सरसरफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले शनिबार रिवन काटेर यो खण्डको सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गरे।

कार्यक्रममा खानेपानी तथा सरसफाइ सचिव गजेन्द्रकुमार ठाकुरले २०७५ वैशाखभित्र मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने गरी काम भइरहेको बताए।

सुरुङ निर्माण भइसकेको स्थानमा भूँइ ढलानको काम सुरू गरिनेछ। सुरङ सम्पन्न भएपछि त्यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ ।

यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याङ्री र लार्केबाट पनि दैनिक १७र१७ करोड लिटर पानी लगिनेछ ।

दोस्रो चरणमा दुई खोलाको पानी राजधानी लैजान एसियाली विकास बैंकसँग सम्झौताको तयारी भएको कार्यकारी निर्देशक देवकोटाले बताए। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411