१७ करोड रुपैयाँको सुन्तला फल्यो

शुक्रबार, पौष १४, २०७४ साल,
बागलुङ । बागलुङका कृषकले यस सिजन १७ करोड ३२ लाख ५० हजार रुपियाँ बराबरको सुन्तला फलाएका छन्। अनुकुल मौसम तथा क्षेत्रफल विस्तार हुँदा यस वर्ष सुन्तला उत्पादन बढेपछि बागलुङको सुन्तला उत्पादन बढेको हो।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाबाट १२ करोड १२ लाख ५० हजार रुपियाँ बराबरको सुन्तला अन्य जिल्लामा निर्यात भएको छ भने ५ करोड १९ लाख ७५ हजार रुपियाँको सुन्तला जिल्लामा नै खपत भएको हो।

गत वर्ष जिल्लामा २ सय ३२ हेक्टर क्षेत्रफलमा ३ हजार ३ सय मेट्रिक टन अर्थात् १३ करोड २० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो। बागलुङका किसानले उत्पादन गरेको सुन्तला चितवन, पोखरा, गुल्मी, रुकुम, बुटवल, धादिङ, काठमाडौंलगायतका देशका विभिन्न स्थानमा निर्यात हुने गरेको छ।

अनुकुल मौसम एवम् थप २० हेक्टर क्षेत्रफल विस्तार गरिएकाले सुन्तलाको उत्पादन अहिले ५ प्रतिशतले बढेको कृषि प्रसार अधिकृत विप्लप अधिकारीले बताउनुभयो। उहाँका अनुसार सुन्तला खेती गर्दै आएका बागलुङका एक हजार भन्दा बढी घरधुरी लाभान्वित भएका हुन्। बागलुङमा ५ हजार ४० रोपनी क्षेत्रफल उत्पादनशील छ।

यसवर्ष क्षेत्रफल विस्तार भएपछि ३ हजार ४ सय ६५ मेट्रिक टन सुन्तला उत्पादन भएको हो। त्योमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी हुने गरेको छ। सुन्तलाखेतीबाट यहाँका किसानले १० हजार देखि ५ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन्।

सुन्तला उपादनका लागि बागलुङको भकुण्डे, बिहुँ, जैदी, छिस्ती, हरिचौर, दमेक नरेठाँटीलगायत क्षेत्रलाई पकेट क्षेत्र मानिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411