राष्ट्र बैंकद्धारा बैंकिग क्षेत्रमा 'कुलिङ पिरियड' लागू, अनिल शाह ६ महिना बेरोजगार

शुक्रबार, पौष १४, २०७४ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ६ महिना 'कुलिङ पिरियड' तोकेको छ । यो व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वा संचालकले एउटा बैंक छोडेपछि अर्को बैंकमा जान ६ महिना कुर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार राष्ट्र बैंकबाट इजाजत प्राप्त कुनै संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत भएपछि कम्तिमा ६ महिना अवधि पुरा गरेपछि मात्र अर्को कुनै संस्थामा प्रमुख कार्यकारीको अधिकृत हुन पाउनेछन् ।

साथै सेवाबाट निवृत भएको ६ महिना नपुग्दै पुन: सोही कार्यकाल वा राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा संचालक हुन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक संचालकको हकमा समेत यहि व्यवस्था गरेको छ । तर स्वतन्त्र संचालकको हकमा भने लागू नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

राष्ट्र बैंकले क, ख तथा ग वर्गका सबै प्रकारका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संचालकले अर्को संस्थाको सोही वा संचालक बन्नको लागि ६ महिनाको ‘कुलिङ’ अबधि राख्नुपर्ने नीतिगत ब्यवस्था गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैक ऐनमा, गभर्नरले आजीवन आफूले नियमन गर्ने संस्थामा बस्न नपाउने ब्यवस्था गरिएको छ । त्यस्तै डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुलाई ३ बर्षको सीमा तोकिएको छ भने अधिकृत स्तरका कर्मचारीले आफ्नो पदबाट हटेको वा अवकास पाएको मितिले २ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411