चिनियाँ हुवाजिन सिमेन्ट र लगानी बोर्डबीच प्रारम्भिक लगानी सम्झौता

बुद्धबार, पौष १२, २०७४ साल,
काठमाडौं । चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले प्रारम्भिक आयोजना लगानी सम्झौता गरेको छ ।

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हुवाजिनसँग लगानी बोर्डले बुधबार प्रारम्भिक आयोजना लगानी सम्झौता गरेको हो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि लिउ च्याङ्गोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतालाई लगानी बोर्डको बोर्ड र हुवाजिनको बोर्डले पास गरेसँगै आयोजना लगानीको अन्तिम सम्झौता हुने लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

खानी नपाएका कारण यसको लगानी सम्झौता हुन सकेको थिएन । १२ मंसिरमा हुवाजिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएसँगै आयोजना लगानी सम्झौताको प्रक्रिया अघि बढाइएको छ ।

नारायणी अञ्चलमा स्थापना गर्ने भनिएको हुवाजिनको उद्योगबाट दैनिक तीन हजार टन उत्पादन हुनेछ ।

त्यस्तै यो उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने लगानी बोर्डले जानकारी दिएको छ । ५ पुस ०७२ मै उक्त कम्पनीको वैदेशिक लगानी स्वीकृत भइसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411