प्रभू बैंकको नयाँ शाखा काठमाडौंको मनमैजुमा आजबाट

मंगलवार, पौष ११, २०७४ साल,
काठमाडौं । तारकेश्वर नगरपालिकाको मनमैजुमा प्रभू  बैंकको नयाँ शाखा कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

प्रभु बैंक र साविक ग्राण्ड बैंक नेपालवीचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित  प्रभु बैंक को शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको जनाइएको छ ।

मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411