मेगा—टुरिजमको मर्जर अन्ततः मेगा बैंकको विशेष सधारण सभाबाट प्रस्ताव पास

मंगलवार, पौष ४, २०७४ साल,
काठमाडौं । मेगा बैंक र टुरिजम डेभलपमेण्ट बैंक मर्जर सम्झौता भएको ११ महिनापछि बल्ल मर्जरको प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार मेगा बैंकको विशेष सधारण सभाले टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेसँगै मर्जरले गति लिने भएको हो ।

टुरिजमको गत मंसिर ४ गते सम्पन्न सातौ बार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ ।

यी दुई बैंकले ०७३ मााघमा मर्जरमा जाने सम्झौता गरेका थिए। मंगलबार सम्पन्न विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकको १०० सेयर बराबर मेगा बैैंकको ९५ सेयर पाउने गरी मर्जरमा जान अनुमति प्रदान गरेको छ ।

यसअघि मंसिर ४ गतेको बोलाइएको मेगाको विशेष साधारण सभामा स्वाप रेशियो बिषयमा विवाद उत्पन्न भएपछि कोरम नपुगेको भन्दै साधरणसभा स्थगित भएको थियो ।

चालु आर्थिक बर्षमा मेगा बैंकले १८ वटा नयाँ शाखा खोल्ने, टुरिजमसँगको मर्जरपछि मेगा बैंकको सञ्जाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्नेछ ।

एकीकृत बैंकको पहुँच ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्नेछ भने शाखा सञ्जाल ११२ वटा पुग्ने बताइएको छ ।

हाल मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड तथा टुरिजम् बैंकको २ अर्ब एक करोड रुपैँया रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411