एनएलजी इन्स्योरेन्स कम्पनीले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर दिने

सोमबार, पौष ३, २०७४ साल,
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनसमा लाग्ने कर वापतको नगद लाभांस समेत दिने भएको छ ।

कम्पनी संचालक समितिको बैठकले हाल कायम पूँजीको २५ प्रतिशत अर्थात १२ करोड ८० लाख ८१ हजार २५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले बोनस बापतको करका लागि १.३१ प्रतिशत अर्थात ६७ लाख ४१ हजार ११६ रुपैयाँ नगद वितरण गर्ने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस वीमा समितिको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411