गुराँस लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

शुक्रबार, मंसिर २९, २०७४ साल,
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा जनता बैंकको केन्द्रीय कार्यालय तथा देशभरका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता, जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजनासहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने सहमति समेत भएको छ ।  

ती दुई वित्तीय संस्थाको सम्झौतामा अभिकर्ता तथा बीमितहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको समेत जनाइएको छ ।  सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि जनता बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411