स्ट्यान्डर्ड चार्टड बैकले १०५.२६ प्रतिशत लाभांस घोषणा गर्यो, पूँजी ८ अर्ब पुग्ने

आईतवार, मंसिर २४, २०७४ साल,
काठमाडौँ। स्ट्यान्डर्ड चार्टड बैंकले गत वर्षको मुनाफाबाट १०५.२६ प्रतिशत लाभांस घोषणा गरेको छ।

बैंकले १०० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांस घोषणा गरेको हो। बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन्।
 
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड रुपैयाँ नाफा कमाएको छ।

बोनस शेयरपछि बैंकको चुक्ता पूँजी आठ अर्ब पुग्ने छ। हाल बैंकको प्रति शेयर आम्दानी ४८ रुपैयाँ छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411