कुमारी बैंकबाट ग्राहकले गुराँस लाइफको इन्स्योरेन्स सेवा पाउने

बुद्धबार, मंसिर २०, २०७४ साल,
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ।

सम्झौतामा गुराँसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कुमारीका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे।

अब कुमारी बैंकका ग्राहकहरुले सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा सम्बन्धि सबै सेवा लिन सक्ने छन्। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजना लगायत १२ वटा योजना ६४ शाखा तथा उपशाखा कार्यालय मार्फत उपलब्ध गराउँदै आएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411