ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट समस्याग्रस्तबाट मुक्त

२०७१ साल पुसमा ललितपुर फाइनान्स र २०६९ सालमा कुवेर मर्चेन्टलाई समस्याग्रस्त घोषणा

बुद्धबार, मंसिर २०, २०७४ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंकले ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ ।

राष्ट्र बैंकको संचालक समितिले दुईवटा फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ ।

दुई संस्थामा नयाँ लगानीकर्ता आएपछि राष्ट्र बैंकले समस्याग्रस्तबाट हटाएको हो ।

राष्ट्र बैंकले २०७१ साल पुसमा ललितपुर फाइनान्स र २०६९ सालमा कुवेर मर्चेन्टलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्र बैंकले नयाँ बैंक तथा वित्तीय संस्थालाई इजाजतको अनुमति दिन बन्द गरेको हुँदा लगानीकर्ताले समस्याग्रस्त घोषणा भएको वित्तीय संस्थामा लगानी गरेर चलाउन थालेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411