पाँच मिलियन युरोले प्रदेश १ र ७ का गाउपालिकालाई नवीकरणीय उर्जाको नमुना गाँउ बनाउने

बुद्धबार, मंसिर २०, २०७४ साल,
ललितपुर। जर्मनी सहयोग संस्था (जिआइजेड) र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता भएको छ।
 
नेपाल सरकार र जर्मनी सरकारबीच सन् २०१४ मा भएको सहमतिअनुसार प्राविधिक सहायताअन्तर्गत यो कार्यक्रम कार्यान्वयन आएको हो। सम्झौतापत्रमा केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र जिआइजेडका राष्ट्रिय निर्देशक डा एल। के फोस्र्टरले हस्ताक्षर गरेका छन्।
 
यस कार्यक्रमबाट केन्द्रको संस्थागत क्षमता अभिवृद्धि एवं अनुगमन सूचना प्रणालीलाई व्यवस्थित गर्ने, प्रादेशिक र स्थानीय सरकारको क्षमता अभिवृद्धि तथा लैंगिक एवं सामाजिक समावेशीमा सहयोग गरिनेछ।
 
नेपालको संविधानमा नवीकरणीय ऊर्जालाई स्थानीय तहबाट कार्यान्वयनमा लगाइने व्यवस्थाअनुसार यस कार्यक्रमअन्तर्गत प्रदेश नं १ र ७ का केही गाउँपालिकालाई नवीकरणीय ऊर्जामा नमूनायोग्य बनाउने लक्ष्य रहेको केन्द्रका निर्देशक नवराज ढकालले जानकारी दिए।
 
तीन वर्षका लागि कार्यान्वयनमा आएको यस कार्यक्रमको बजेट पाँच मिलियन युरो रहेको छ। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411