​नेप्से ६ अंकले घट्यो, १२ करोड २७ लाख रूपैयाँको सेयर कारोबार

बुद्धबार, चैत्र १८, २०७१ साल,
काठमाडौं । बुधवार ६ दशमलव २० अंकले घटेर नेप्से परिसूचक ९ सय ३९ अंकमा झरेको छ ।

बुधवार कारोवारमा आएका मध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ६३ अंकले घटेको छ । त्यस्तै बीमा समुहको परिसुचक ३६ दशमलव ३ र जलविद्युतको १० दशमलव ३ अंकले गिरावट आएको छ ।

विकास बैंकको ८ दशमलव ७२, बैंकिङ समुहको ५ दशमलव ३६ र फाइनान्स समुहको सुचक १ दशमलव १८ अंकले गिरावट आएको छ ।

यता उत्पादन तथा अन्य समुहको परिसुचक भने स्थिर छ । बुधवार १ सय २१ कम्पनीको ३ लाख ८३ हजार कित्ता सेयर  १२ करोड २७ लाख रूपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411