एभरेष्ट बैंकले गर्यो दुष्टिविहिन विद्यार्थीलाई सहयोग

आईतवार, मंसिर १७, २०७४ साल,
काठमाडौं । विश्व अपाङ्गता दिवसको अवसर पारेर एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व सिआरएस कार्यक्रम अन्र्तगत अशक्त बालबालीकालाई सहयोग गरेको छ ।

आइतवार लगनखेलको नमुना मेहेन्द्र माध्यमिक स्कुलका दुष्टिविहिन विद्यार्थीलाई आवश्यक सामाग्री वितरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले उक्त सामाग्री वितरण गरेका छन् ।

उक्त कार्यक्रममा स्रोत व्यक्तिको रुपमा बुद्ध लक्ष्मी श्रेष्ठ, बैंकका बरिष्ठ प्रबन्धक रंजन खड्का र लगनखेल ब्राञ्चका म्यानेजर लभ कुइकेलको उपस्थिती रहेको थियो ।

बैङ्कले यस्ता कार्य लगनखेल शाखाबाट मात्र नभई देशभर फैलिएका आफ्ना विभिन्न शाखाबाट यस्ता कायक्रममा संचालनमा गरेको छ ।

साथै, बैङ्कले सामाजिक दायित्वको सन्दर्भमा यस अघिपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्गगत सहयोग गर्दै आइरहेको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411