नेसनल लाइफ इन्स्योरेन्सद्वारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी
आईतवार, मंसिर १७, २०७४ साल,

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बीमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ ।
चेक कम्पनीका सिइओ भरत बस्नेतले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी श्रीमति कौशिला वलीलाई मृत्यु दाबी बापत ३८ लाख ५ हजार रुपैयाँको चेक मङ्सिर १५ गते हस्तान्तरण गरेका हुन् ।
आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीको गत जेठ १६ गते निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको हो ।
शुक्रवार कम्पनीका नायब महाप्रबन्धक सुरेश प्रसाद खत्री सहितका उच्च अधिकारीहरू, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनलगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी श्रीमति कौशिलालाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरिएको हो ।