ज्योति लाइफको बिराटनगरमा क्षेत्रीय कार्यालय

शुक्रबार, मंसिर १५, २०७४ साल,
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिराटनगरमा क्षेत्रीय कार्यालय संचालनमा ल्याएको छ।

उक्त क्षेत्रीय कार्यालय अन्तर्गत इटहरी, धरान, इलाम र विर्तामोडमा शाखा कार्यालय तथा धनकुटा र दमकमा उपशाखा कार्यालय समेत संचालनमा ल्याइएको कम्पनीले जनाएको छ।

क्षेत्रीय कार्यालयको कम्पनी संचालक समितिका अध्यक्ष पशुपती मुरारकाले उदघाटन गरे।  कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले बिमाको पहुँच ग्रामीण भेगसम्म पुर्याइने प्रतिबद्धता जनाए।

कम्पनीले आज संचालनमा आएका ७ वटा शाखाहरुसमेत गरी जम्मा २३ केन्द्रबाट सेवा प्रदान गर्न सफल भएको जनाएको छ। उसले हाल ५ वटा जीवन बीमा योजना संचालन गरिरहेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411