एनएमबी बैंक ‘बैंक अफ दी इयर २०१७’बाट सम्मानित

बिहीवार, मंसिर १४, २०७४ साल,
काठमाडौं । एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि पाएको छ ।  बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस वर्ष २०१७ को उपाधी एनएमबी बैंकले पाएको हो ।

यसपटक यो उपाधीको लागि १ सय ४१ देशबाट बैंकहरुको सहभागिता रहेको थियो । बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको आधारमा मात्र नभई वित्तीय समावेशीकरण, मल्टि च्यानल बैंकिङ लगायतको आधारमा समेत उपाधी दिइएको हो ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंकले पनि यो उपाधी पाइसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411