जर्मन सहायतामा ग्लोबल आइएमइले सहुलियत दरमा ४० लाखसम्म ऋण दिने

मंगलवार, मंसिर १२, २०७४ साल,
काठमाडौं। जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत केएफडब्लु डेभलपमेन्ट बैंकमार्फत ग्रामिण भेगमा लगानी गर्न सरकार, राष्ट्र बैंक र ग्लोबल आइएमइ बैकबीच समझदारी भएको छ।
 
सम्झौता अनुसार, नेपालका ग्रामिण भेगका जनताको जीवनस्तर सुधार्नका लागि ग्लोबल आइएमइ बैंकमार्फत साना तथा मझौला ब्यवसायी कर्जा प्रदान गरिने छ।

बैंकले ग्रामिण क्षेत्रका जनतालाई लक्षित गरि न्युनतम दुई लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने छ। सहुलियत दरमा पैसा आएकाले यो ऋणको  ब्याज केही सस्तो पर्न जान्छ। साथै हरेक तीन तीन महिनामा ब्याज पुनरावलोकन हुन्छ।
 
ग्लोबल आइएमइले सबै क्षेत्र र वर्गसम्म बैंकिङ पहुँच पुर्याउने उद्देश्यले शाखा, एक्सटेन्सन काउन्टर र शाखारहित बैंकिङ सेवाबाट ग्रामिण क्षेत्रमा पहुँच विस्तार गरिरहेको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411