एनबी इन्स्योरेन्स अबबाट आइएमइ जनरल, ८० प्रतिशत हकप्रद सहित बोनसपनि

बिहीवार, मंसिर ७, २०७४ साल,
काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनीको नामबाट सञ्चालनमा रहदै आएको निर्जीवन बीमा कम्पनी अबबाट आइएमइ जनरल इन्स्योरेन्सको नामबाट सञ्चालनमा आउने भएको हो ।

‘हामीले करिब अढाई बर्ष अघि लगानी गरेको एनबी इन्स्योरेन्स नाम परिवर्तनसँगै अबबाट नयाँ रफ्तारमा अगाडी बढ्नेछ,’ कम्पनीका अध्यक्ष हेमराज ज्ञवालीले भने ।

कम्पनीले चालु आवमा १ अर्ब २० करोड रुपैयाँ प्रिमियिम शुल्क संकलन गर्ने लक्ष्य लिएको छ । हाल कम्पनीले ३० करोड संकलन गरिसकेको छ ।

२५ वटा शाखा रहेको कम्पनीले १८ वटा थप शाखा विस्तार गर्ने भएको छ । कम्पनीले बीमा समितिबाट यसको अनुमति पाइसकेको छ । कम्पनीले चालु आवमा २० करोड रुपैयाँ खुद नाफा गर्ने लक्ष्य लिएको छ ।

आइएमइ समूह प्रवेश गनुअघि कम्पनी २० करोडभन्दा बढि नोक्सानमा रहेको थियो । गत आवमा कम्पनीले २ करोड ५५ लाख खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले ३ सय ६५ दिननै सेवा सञ्चालनमा ल्याउने बताएको छ । ८० प्रतिशत हकप्रद सेयर दिने प्रक्रियामा कम्पनी रहेको छ । हाल ५४ करोड चुक्ता पूँजी रहेको कम्पनीले यसपछि पूँजी ९७ करोड २० लाख रुपैयाँ पुर्याउने भएको हो ।

कम्पनीले चालु आव अनत्यमा ५ प्रतिशत बोनस सेयर दिएपछि बीमा समितिले तोकेको पूँजी लक्ष्य पुरा हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411