मिर्मिरे माइक्रोफाइनान्सले प्रस्ताव गर्यो ३०.८० प्रतिशत बोनस

बिहीवार, मंसिर ७, २०७४ साल,
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स कम्पनीले गत आर्थिक बर्षमा सञ्चित मुनाफबाट सेयरधनीलाई ३०.८० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न १२० औं सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।

लघुवित्तले गत आवमा कमाएको एक करोड ५४ लाख ७५हजार रुपैयाँ खुद नाफाबाट चुक्त्ता पूँजीको ३०.८० प्रतिशत बोनस वितरण गर्ने भएको हो । बुधबारै सम्पन्न सञ्चालक समिति बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

लघुवित्त कम्पनीको कात्तिक १९ गते सम्पन्न ११९ औ सञ्चालक समितिको बैठकले कम्पनीको सचिवमा तुल्सीराम पाठकलाई नियुक्त गरेको छ ।

चार करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ५२ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411